काठमाडौं । एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले ग्राहकका लागि विशेष चाडपर्व अफर “Drive More, Celebrate More” सार्वजनिक गरेको छ ।
असोज ६ गते देखि छठ पर्वसम्म लागू हुने यस योजना अन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने नि:शुल्क अटो प्लस इन्स्योरेन्स, नि:शुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्स जस्ता सुविधा पाउनेछन् ।
“Drive More, Celebrate More” अफरमा MG HS PHEV/ HEV, MG U9 EV, MG IM6, MGS6 EV, MGS5 EV / MG4 लगायतका मोडलहरू समावेश छन् ।
हालै नेपाली बजारमा सार्वजनिक गरिएको MG HS PHEV/ HEV ले आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र प्रदर्शन प्रदान गर्दछ। त्यसैगरी MG U9 EV क्षमता र बहुउपयोगिताका लागि तयार गरिएको ४*४ इलेक्ट्रिक पिकअप हो।
त्यसैगरी, MGS6 EV मा १८० KW मोटर, RWD, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको छ। त्यस्तै, ग्राहकमाझ लोकप्रिय MGS5 EV ४३.९९ लाखदेखि आकर्षक मूल्यमा उपलब्ध रहेको र RWD तथा इन्डिपेन्डेन्ट रियर सस्पेन्सनसहित आफ्नो सेग्मेन्टमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
यससँगै ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न प्रकारका हाइब्रिड तथा विद्युतीय गाडीमध्ये उपयुक्त मोडल छनोट गर्न सक्नेछन् ।