• २०८३ असोज ८
  • 2026 September 24, Thursday

विपद्मा हराएकालाई मृत घोषणा गर्न समस्या देखिएपछि कानुन संशोधन गर्दै सरकार

काठमाडौँ। सरकारले विपद्सम्बन्धी कार्यलाई व्यवस्थित गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने भएको छ । यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको हो ।

गम्भीर प्रकृतिको विपद्बाट मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण, बेपत्ता हुनेको परिवारलाई उपलब्ध गराउनुपर्ने न्यूनतम राहत र बेपत्ता भएका व्यक्ति फेला नपरेमा मृत्युको न्यायिक घोषणालगायतका व्यवस्थाका लागि विधेयक तयार पारिएको हो ।

भोटेकोशी बाढीपछि अझै पनि ५ हजार बढी बेपत्ता छन् । शव भेटिने आश मरेपछि धेरैको आफन्तजनले परम्परा अनुसार कुशको शव बनाइ अन्तिम संस्कार समेत गरेका छन्।

तर, विपद्मा परी बेपत्ता हुनेहरुको शव फेला नपर्दाको स्थितिमा कानुनले तत्कालै मृत्यु दर्ता गर्न भने रोकेको छ। यही व्यवस्थाको गाँठो फुकाउ ऐन संशोधनको तयारी अघि बढाइएको हो।

मन्त्रालये हाल सो विधेयकका सम्बन्धमा विधायन ऐन, २०८१ बमोजिम सूचना प्रकाशित गरी सर्वसाधारणको राय माग गरेको छ ।

सूचना प्रकाशन भएको सात दिनभित्र legalsectionmoha@gmail.com मा इमेल गरी सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ ।