• २०८३ असोज ९
  • 2026 September 25, Friday

खराब मौसमका कारण उडान प्रभावित

काठमाडौं । खराब मौसम तथा अपर्याप्त भिजिबिलिटीका कारण विभिन्न हवाई उडान प्रभावित भएका छन् ।

निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो ।

काठमाडौंदेखि  पोखरा, भरतपुर, सुर्खेत, पोखरा, लुक्ला, सिमरा र  तुम्लिङटारमा विमानस्थलमा बिहानैदेखि उडान हुन सकेको छैन ।

उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ ।