काठमाडौँ । नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा सन्दीप जोराले सर्बाधिक ३४ रन बनाएका थिए भने रोहित पौडेलले अविजित ३३ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १०२ रन बनाएको थियो । अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए । त्यसैगरी नानगेयालिया खानले अविजित १७ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए । अब नेपालले शनिबार जापानसँग खेल्ने तालिका छ ।