• २०८३ असोज १६
  • 2026 October 02, Friday

ओमानमा विश्वकप लिग- २ को सिरिज खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ को सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ ।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् ।

अक्टोबर ९ देखि शुरु हुने यस सिरिजमा नेपालसहित ओमान र क्यानडाले खेल्ने तालिका रहेको छ । नेपालले अक्टोबर ११ मा क्यानडासँग, अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् ।

नेपालको हाल ३२ खेलमा २४ अंक रहेको छ भने अंक तालिकामा सातौं स्थानमा रहेको छ ।