• २०८३ असोज १८
  • 2026 October 04, Sunday

ढुक्क हुनुहोस् दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन : खेलकुद मन्त्री

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गरेका छन् । दशौं खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले दशौं राष्ट्रिय खेलकुदको उत्सव शुक्रबारबाट सुरु भएको उल्लेख गरे।

‘दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भन्नेर कसैले पनि दुविधा नमान्नुहोला’, उनले भने, ‘दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, त्यसैले प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो ।’

मन्त्री पोखरेलले अघिल्ला राष्ट्रिय खेलकुदभन्दा प्रभावकारी ढंगले यस पटकको प्रतियोगिता हुने विश्वास व्यक्त गरे । उनले खेलकुद प्रतियोगितालाई राम्रोसँग सञ्चालन गर्नका लागि तीन तहका सरकार,सम्पूर्ण सरोकारवाला, सबैजना मिलेर गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।