• २०८३ असोज २०
  • 2026 October 06, Tuesday

विश्वप्रकाश शर्माको वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

शर्माले वारेसमार्फत वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिलेसम्म वरिष्ठ उपसभापतिमा अन्य दाबेदार नदेखिएकाले शर्मा निर्बिरोध हुनसक्ने सम्भावना रहेको छ ।

काँग्रेसले यस पटक वरिष्ठ उपसभापतिसहित पाँच उपसभापतिको व्यस्था गरेको छ । जसमा महिला र समावेशीलाई एक एक उपसभापति आरक्षण गरिएको छ भने खुलातर्फ २ उपसभापति र एक वरिष्ठ उपसभापति राखिएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता हुने भएको छ ।