• २०८३ असोज २५
  • 2026 October 11, Sunday

क्यानडाविरुद्ध रोहित पौडेलको शतक

काठमाडौं । पूर्वकप्तान रोहित पौडेलले क्यानडाविरुद्ध शतक प्रहार गरेका छन् ।

विश्वकप लिग-२ अन्तर्गतको सिरिजको जारी खेलमा रोहितले १२५ बल खेल्दै ८ चौका र एक छक्कासहित शतक प्रहार गरेका हुन् ।

नेपालले यो समाचार तयार गरुन्जेल ४७ ओभरमा ५ विकेट गुमाएर २०९ रन बनाएको छ ।

रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो शतक हो । रोहितले यसअघि २०२२ मा पिएनजीविरुद्ध १२६ रन बनाएका थिए भने २०२५ मा युएईविरुद्ध १०९ रन बनाएका थिए ।