• २०८३ असोज २८
  • 2026 October 14, Wednesday

साउदीका प्रस्तावित राजदूत सुनारलाई नाम फिर्ता लिन वर्षमान पुनको सुझाव

काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले साउदी अरेबियाका लागि प्रस्तावित राजदुत गिरीबहादुर सुनारलाई आफ्नो नाम फिर्ता लिन आग्रह गरेका छन् ।

संसदीय सुनुवाईका क्रममा पुनले सुनारविरुद्ध लागेका आरोप गम्भीर भएकाले आफैले नाम फिर्ता लिन सुझाव दिएका हुन् ।

पुनले अभियन्ताकै पहिचान बनाएका व्यक्तिमाथि महिलाविरुद्ध हिँसाको आरोप लाग्नु गम्भीर भएको बताए ।

त्यस्तै, एमाले सांसद पदमा अर्यालले पनि सुनारमाथि लागेको आरोप गम्भीर भएको बताउदै राजदुतको मापदण्ड अनुसार नभएको उल्लेख गर्दै महिलाको कुरा सुन्दा र निवेदनमा उल्लेख भएको विषय गम्भीर भएको बताएकी थिइन् । सुनारमाथि लागेका आरोपको अध्ययन नै गर्नुपर्ने भन्दै सुनारले दिने प्रमाण पनि आफूहरुका लागि सहयोगी हुने बताएकी थिइन् ।

सुनारले भने आफूमाथि लागेका आरोप निराधार भएको दाबि गर्दै आफूसँग सबै प्रमाण भएको बताएका थिए ।

सुनारमाथिको सुनुवाई र उनीमाथि लागेका आरोपमा छलफल जारी रहेको छ ।