• २०८३ असोज २८
  • 2026 October 14, Wednesday

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

काठमाडौं । दशैंको रौनक सकिए पनि म्याक्स टाइगरको धमाका भने रोकिएको छैन। कसैको हातमा मोटरसाइकलको चाबी, कसैको घरमा नयाँ स्कुटरको खुसी। म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ। अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन्। अझ रोचक कुरा त के छ भने, सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ।

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ। बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका छन्। म्याक्स टाइगरको एक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले दुवै विजेताको दशैंलाई विशेष बनाएको छ।

जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार हात पारेका नरबहादुर ठोकरका लागि यो जित अझ स्मरणीय बनेको छ। सामान्य रूपमा खरिद गरिएको एक क्यान इनर्जी ड्रिंकले उनलाई नयाँ स्कुटरको विजेता बनाएको छ। दशैंको उत्सवसँगै जोडिएको यो अप्रत्याशित खुसीले उनको चाडपर्वलाई थप यादगार बनाएको छ।

म्याक्स टाइगरको धमाका यत्तिमै सीमित छैन। यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए। त्यस्तै, सुर्खेतका किशोर जंग शाह यामाहा रे जेडआर स्कुटरको विजेता बनेका थिए। पछिल्ला दुई विजेता थपिएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ।

पाँच विजेता सार्वजनिक, अझै बाँकी छ ठूलो धमाका

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानमा पुरस्कारको आकर्षण अझै कायम छ। अभियानअन्तर्गत कुल १८ भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन्। त्यसमाथि एक जना महाभाग्यशाली उपभोक्ताको भाग्यमा हुनेछ बम्पर पुरस्कार प्रोटोन कार।

पाँच विजेता सार्वजनिक भइसके पनि अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारको पुरस्कार बाँकी छ। यसले आगामी विजेता को बन्ला भन्ने उत्सुकतालाई थप बढाएको छ।

बनेपादेखि बुटवल, धादिङदेखि धनगढी र सुर्खेतसम्म पुगेको म्याक्स टाइगरको पुरस्कार अभियानले विभिन्न स्थानका उपभोक्ताको उत्सवमा नयाँ उत्साह थपेको छ। एकपछि अर्को विजेता सार्वजनिक भइरहँदा अभियानप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ।

दशैंको उत्साहलाई ऊर्जा र आकर्षक पुरस्कारसँग जोड्ने उद्देश्यले सुरु गरिएको यस अभियानले उपभोक्तालाई उत्सव मनाउने थप अवसर प्रदान गरिरहेको छ।

पाँच जनाको भाग्य चम्किसक्यो, अब कसको पालो?

म्याक्स टाइगरको धमाका अझै जारी छ। स्कुटर र मोटरसाइकलका थप विजेतासँगै सबैको प्रतीक्षामा रहेको प्रोटोन कारको बम्पर पुरस्कारले आगामी दिनमा अभियानलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

हरेक क्यानमा ऊर्जा, हरेक जितमा नयाँ उत्साह! म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ ले उपभोक्ताका लागि यो चाडपर्व पुरस्कार, खुसी र अविस्मरणीय अनुभवको उत्सव बनाइरहेको छ।