• २०८३ असोज २८
  • 2026 October 14, Wednesday

पूर्णरुपमा बाहिरियो मनसुन, दसैँमा घमाइलो हुने पूर्वानुमान

काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २८ गते देशका सबै भूभागबाट मनसुन बाहिरिएको हो ।

मनसुन बाहिरिएसँगै आगामी केही दिन मौसम सामान्यतया सफा र घमाइलो रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार यस वर्ष असार ५ गते नेपालमा मनसुन भित्रिएको थियो । सामान्यतया जुन १३ मा भित्रिने मनसुन अक्टोबर २ मा बाहिरिने गरे पनि यस वर्ष सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको हो ।

मनसुन अवधिमा समग्रमा सरदर वर्षा भए पनि भूगोलअनुसार वर्षाको मात्रा फरक रहेको छ । तराई र पहाडी क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको महाशाखाले जनाएको छ ।