• २०८३ कात्तिक १०
  • 2026 October 26, Monday

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते हुने भएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहण समारोह कात्तिक १२ गते दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा हुने भएको छ।

समारोहमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ ।

यसअघि बडादशैँको फूलपातीको दिन पारेर सभापति गगन थापाले पद तथा गोपनियताको शपथ लिँदै कार्यभार सम्हालिसकेका छन् ।