• २०८३ कार्तिक १६
  • 2026 November 01, Sunday

भिभोद्धारा ५० एमपी जाइस पोट्र्रेट क्यामेरा सहितको भी८० सार्वजनिक

काठमाडौं। विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, जाइस पोट्र्रेट क्यामेरा, ७,२०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज प्रविधि र एआई–आधारित स्मार्ट सुविधालाई प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको भी८० लाई व्यवसायी, वरिष्ठ पेशाकर्मी तथा आधुनिक जीवनशैली अपनाउने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको हो।

“प्रेमियम डिजाईन्ड फर योर राईज” अवधारणामा आधारित भिभो भी८० ले प्रिमियम डिजाइन, उन्नत मोबाइल फोटोग्राफी र दैनिक उत्पादकत्वलाई एउटै डिभाइसमा संयोजन गर्ने प्रयास गरेको कम्पनीले जनाएको छ । नेपालमा भिभो भी८० को मूल्य रु १,०८,९९९ देखि सुरु हुनेछ । भिभो भी८० को प्रि–बुकिङ नोभेम्बर १ देखि नोभेम्बर ४ सम्म खुला गरिएको छ । कम्पनीका अनुसार यस अवधिमा प्रि–बुक गर्ने पहिलो १,२०० ग्राहकले भिभो बड्स निःशुल्क, रु २,००० क्यासब्याक, अगाडि तथा पछाडिको फ्रन्ट र ब्याक स्क्रिन ब्रेकेज इन्स्योरेन्स र ६ महिनाको एक्सटेन्डेड व्यारेन्टि प्राप्त गर्नेछन्।

भिभो भी८० को डिजाइन प्रिमियम ग्लासको एकीकृत संरचनामा आधारित छ । पछाडिको सुरक्षात्मक आवरणदेखि यसको विशेष फ्लोटिङ्ग क्यामेरा मोड्युलसम्म एउटै निरन्तर थ्री–डाइमेन्सनल संरचनाले स्मार्टफोनलाई परिष्कृत स्वरूप प्रदान गर्छ। यसले स्मार्टफोनलाई परिष्कृत र आकर्षक देखिनुका साथै क्यामेरा क्षेत्रलाई व्यवस्थित र दैनिक प्रयोगमा सहज बनाउन मद्दत गर्छ। १२.५ एमएमको ठूलो रेडियस भएका गोलाकार कुनाहरू सहितको फ्ल्याट फ्रेमले हातमा स्मार्टफोन समात्दा सहज र सुरक्षित अनुभव प्रदान गर्छ। फ्ल्यागशिप स्तरका सुविधाहरू समेटिए पनि भी८०को ७.६९ एमएम पातलो रहेको छ, जसले यसलाई खल्ती, ब्लेजर वा प्रोफेसनल पोर्टफोलियोमा राख्न सहज सहज हुने कम्पनीले जनाएको छ ।

व्यस्त तथा चुनौतीपूर्ण जीवनशैलीलाई ध्यानमा राख्दै भिभो भी८० मा आईपी६८ र आईपी६९ डस्ट तथा वाटर रेसिस्टेन्स उपलब्ध छ, जसले स्मार्टफोनलाई थप टिकाउ बनाउँछ।

भिभो भी८० दुई आकर्षक कलर फिनिसमा उपलब्ध हुनेछ । राईज अरेन्जमा न्यानो सुन्तला–खैरो रंगसँगै उत्कृष्ट एजी म्याट टेक्स्चर प्रयोग गरिएको छ, जसले प्रिमियम स्पर्श अनुभव प्रदान गर्नुका साथै फिङ्गरप्रिन्टको असर कम गर्न मद्दत गर्छ। त्यस्तै, प्राईम ग्रेले सुसंस्कृत र संयमित स्वरूप प्रदान गर्छ, जुन व्यावसायिक तथा प्रिमियम शैली रुचाउने प्रयोगकर्ताका लागि लक्षित छ ।

भिभो भी८० को क्यामेरा प्रणाली “जाइस पोट्र्रेट, क्याप्चर योर राईज” अवधारणामा आधारित छ । स्मार्टफोनमा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो रहेको छ, जसले ८५ एमएम र १०० एमएमका क्लासिक पोट्र्रेट फोकल लेन्थ सपोर्ट गर्छ। यसले विषयवस्तुलाई स्पष्ट रूपमा प्रस्तुत गर्दै प्राकृतिक डेप्थसहित अभिव्यक्तिपूर्ण पोट्र्रेट खिच्न मद्दत गर्छ। त्यस्तै, ५० मेगापिक्सेल जाइस ग्रुप सेल्फी क्यामेराले समूहमा धेरै व्यक्तिको तस्बिर खिच्न सहज बनाउँछ ।

भिडियो कन्टेन्ट रेकर्डिङलाई पनि ध्यानमा राख्दै भिभो भी८० का अगाडि र पछाडिका दुवै क्यामेराले ४के ६० फ्रेम प्रति सेकेन्ड भिडियो रेकर्डिङ सपोर्ट गर्छन्। यसले व्यक्तिगत क्षणदेखि लाइभ इभेन्ट तथा व्यावसायिक समारोहसम्म उच्च गुणस्तरीय भिडियो खिच्न सहज बनाउँछ । यसका अतिरिक्त, ए आई कृएटिभ क्यामेरालले स्मार्टफोनमै स्टुडियो–स्तरको प्रकाश प्रभाव प्रयोग गर्ने सुविधा प्रदान गर्छ। प्रयोगकर्ताले रातिको कर्पोरेट डिनरमा नाटकीय कन्टुरिङ प्रभावका लागि टप लाईटिई्ग प्रयोग गर्न सक्नेछन् भने आउटडोर लन्च इभेन्टजस्ता अवसरमा फाएरवोक्र्स एफ्कट प्रयोग गरी साधारण तस्बिरलाई थप आकर्षक र स्मरणीय बनाउन सक्नेछन्।

फोटोग्राफीबाहेक भिभो भी८० लाई दैनिक कामकाज र उत्पादकत्वका लागि पनि उत्तिकै उपयोगी बनाइएको छ । ओरिजिन ओएस ७ मा सञ्चालन हुने भिभो भी८० मा व्यस्त पेशाकर्मीको कार्यसम्पादनलाई सहज बनाउन विभिन्न ए आई आधारित सुविधा समावेश गरिएको छ । त्यसमध्ये क्याप्चर टु नोटले ह्वाइटबोर्ड, प्रस्तुतीकरण स्लाइड वा अन्य लिखित सामग्रीको फोटो खिचेर त्यसमा भएका सामग्रीलाई डिजिटल नोटमा रूपान्तरण गर्न सहयोग गर्छ। उदाहरणका लागि, बैठक वा ब्रेनस्टर्मिङ सत्रमा ह्वाइटबोर्डमा लेखिएका हस्तलिखित नोट, बुँदा तथा डायग्रामको फोटो खिचेपछि प्रणालीले त्यसलाई विश्लेषण गरी सम्पादन गर्न मिल्ने डिजिटल डकुमेन्ट मा रूपान्तरण गर्न सक्छ। त्यस्तै, ए आई रेकर्डरले भ्वाइस रेकर्डिङलाई रियल–टाइममा ट्रान्सक्राइब गर्नुका साथै मुख्य निर्णय, छलफलका विषय तथा गर्नुपर्ने कामहरू समेटिएको व्यवस्थित बुलेट–पोइन्ट सारांश तयार गर्न सक्छ । यसले बैठक, छलफल तथा दैनिक व्यावसायिक कार्यलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।

भिभो भी८० मा उच्च क्षमताको ७,२०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्याट्री रहेको छ, जसले दिनभरका व्यावसायिक गतिविधि देखि अन्तर्राष्ट्रिय यात्रासम्म आवश्यक ऊर्जा प्रदान गर्दछ । ब्याट्री रिचार्ज गर्नुपर्ने अवस्थामा ९० वाट फ्ल्यासचार्ज प्रविधिले छोटो समयमै पर्याप्त ऊर्जा उपलब्ध गराउँछ, जसले छोटो कफी ब्रेक वा क्लाइन्टको लबीमा पर्खने समयमै पनि स्मार्टफोनलाई थप प्रयोगका लागि तयार गर्छ।

दीर्घकालीन प्रयोगलाई ध्यानमा राख्दै भी८० मा ६ बर्षे स्मुथ एक्स्पेरिएन्स तथा ६ बर्षको एक्सटेन्डेड सिक्युरिटी अपडेड उपलब्ध छन्, जसले लामो समयसम्म सहज, सुरक्षित र भरपर्दो स्मार्टफोन अनुभव कायम राख्न सहयोग गर्छ।

भिभो भी८० मा १.५के अल्ट्रा क्लियर ओएलईडी डिस्प्ले र १४४ हर्ज रिफ्रेस रेट रहेको छ, जसले स्मूथ भिजुअल र स्पष्ट डिस्प्ले अनुभव प्रदान गर्छ । डकुमेन्ट तथा प्रीजेन्टेसन हेर्ने, वेब ब्राउजिङ गर्ने, सामाजिक सञ्जाल चलाउनेदेखि मल्टिमिडिया कन्टेन्ट हेर्ने सम्मका गतिविधिका लागि यो डिस्प्ले उपयुक्त छ । सुरक्षाका लागि भी८० मा थ्री डि उल्ट्रासोनिक फिङ्गरपृन्ट सेन्सर उपलब्ध छ, जसले छिटो तथा सुरक्षित बायोमेट्रिक प्रमाणीकरण सुनिश्चित गर्छ।

फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० नेपालमा २ आकर्षक कलर राईज अरेन्ज र प्राईम ग्रेमा उपलब्ध हुनेछ । यो स्मार्टफोन दराज अनलाइन तथा नेपालभरका भिभोका आधिकारिक फिजिकल रिटेल आउटलेटहरूबाट नोभेम्बर ५ बाट खरिद गर्न सकिनेछ ।