• २०८३ कार्तिक १६
  • 2026 November 02, Monday

आजदेखि सरकारी कार्यालयको समय परिवर्तन

काठमाडौं । सरकारी कार्यालयको समय आज कात्तिक १६ देखि परिवर्तन हुने भएको छ । जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको हो ।

नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ ।

यसअघि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको थियो ।