• २०८३ कार्तिक १७
  • 2026 November 02, Monday

चितवन राइनोजमाथि सुदूरपश्चिम ५ विकेटले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ ।

चितवनले दिएको १३० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकुलनले सर्बाधिक ४३ रन बनाए भने इशान पाण्डेले २५, शेरफान रुदरफोर्डले अविजित २१ र आरिफ सेखले २० रन बनाएका थिए । त्यस्तै चितवनका बलर रञ्‍जित कुमारले ३ विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको थियो ।

चितवनका लागि रवि भोपाराले सर्बाधिक ४९ रन बनाएका थिए । त्यस्तै डेविड मलानले १६, अर्जुन साउद र सिकन्दर राजाले १५-१५ रन तथा विवेक यादवले १७ रन बनाएका थिए । त्यसैगरी सुदूरपश्चिमका बलर स्कट कुगालानले २ विकेट लिए भने हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले एक एक विकेट लिएका थिए ।

यो जितपछि सुदूरपश्चिमको ४ खेलमा ४ अंक भएको छ भने चितवनको ३ खेलमा ३ अंक रहेको छ ।