जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार प्रदेश प्रमुखको कार्यालयलमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्रीको शपथ खुवाएका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलका नेता यादवलाई प्रदेश प्रमुख कर्णले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले सरकार गठनका लागि दाबी नगरेपछि प्रदेश प्रमुख कर्णले कानुनी परामर्शपछि ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएका यादवले ३० दिनभित्र बहुमत सावित गर्न विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।