काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी गरिएको छ ।
प्रधानमन्त्री शाहलाई स्वागत गर्न विमानस्थलमा रेड कार्पेट बिछ्याइएको छ । उनको स्वागतका लागि विमानस्थलमा आवश्यक तयारी पूरा गरिएको छ ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो पाैने २ बजे काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गरिसकेका छन् । उनी नेपाली समयअनुसार दिउँसो सवा तीन बजे नयाँ दिल्ली पुग्नेछन् ।
