• २०८३ मंसिर १०
  • 2026 November 26, Thursday

जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार

काठमाडौं । जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलालाई हवाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ ।

बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको हो। उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो ।

दुर्गम तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका क्षेत्रका गर्भवती र सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पुर्‍याउने, जोखिमपूर्ण प्रसूति अवस्थाबाट जीवन रक्षा गर्ने तथा मातृ र शिशु मृत्युदर घटाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।