• २०८३ कार्तिक २७
  • 2026 November 13, Friday

गगन, विश्वप्रकाश र फर्मुल्लाहमाथि संस्थापनको कारबाही, पार्टीबाट निष्कासित

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी नेतृत्वविरुद्ध उभिएको आरोपमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिरकार्यसमिति बैठकले उनीहरू पार्टी हितविपरीत गएको निष्कर्ष निकाल्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

बैठकले विशेष महाधिवेशनको पक्षमा लागेका अन्य नेताहरूलाई भने आ-आफ्नो पूर्व जिम्मेवारीमा फर्किन आह्वान गरेको छ। पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको नेताहरूले बताएका छन्।

महामन्त्रीद्वय थापा र शर्माले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई नेतृत्वले बेवास्ता गरेको आरोप लगाउँदै त्यसको आह्वान गरेका थिए। विशेष महाधिवेशन पक्षधरहरूले सहमतिका लागि आठ बुँदे प्रस्ताव अघि सारे पनि सहमति नजुटेपछि वार्ता भंग भएको थियो।

निष्कासनको निर्णयसँगै विशेष महाधिवेशन पक्षधरहरूले अब नयाँ कार्यसमिति सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।