• २०८३ कार्तिक २६
  • 2026 November 12, Thursday

गिनिज वल्ड रेकर्डद्धारा हरि बुढा मगरलाई ‘आइकन’को रूपमा सम्मान

काठमाडौं । पूर्व गोर्खा सैनिक हरि बुढा मगरलाई गिनिज वल्ड रेकड्र्सले ‘आइकन’को रूपमा सम्मान गरेको छ ।

अफगानिस्तानमा ब्रिटिस सेनाको सेवाका क्रममा सन् २०१० मा घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएका हरिले हार नमानी सन् २०२३ मे १९ मा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो डबल एबभनी एम्प्युटी बनेर इतिहास रचेका थिए ।

तीन सन्तानका पिता हरिले यो उपलब्धि कीर्तिमानका लागि मात्र नभई अपांगताप्रतिको सोच परिवर्तन गर्न र विश्वभरका मानिसलाई प्रेरित गर्न हासिल गरेको बताएका छन् ।