• २०८३ साउन ३०
  • 2026 August 15, Saturday

रोल्पामा अर्को पहिरो : तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।

शुक्रबार बिहान ८ : १० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो । उक्त घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर राति बसेका थिए । पहिरोले घर पुरिएपछि तीनै जना बेपत्ता भएका छन् ।

यस्तै, सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ । घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार रोल्पाको थवाङ गाउँपालिका-५ स्थित कोटलबारामा पहिरो जाँदा १० जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन् ।