• २०८३ साउन ३१
  • 2026 August 16, Sunday

चितवनमा एक पुरुषलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्।

आइतबार बिहान करिब ६ : ४० बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको हो । घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको छ ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजी गर्ने क्रममा बिहान करिब साढे ११ बजे बाघलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।