• २०८३ भदौ २
  • 2026 August 18, Tuesday

नाइमा मोबिलिटी एक्स्पोमा एथर नेपालको धमाका, ५०० भन्दा बढी स्कुटर बुकिङ

काठमाडौं । Ather Nepal, Vaidya Energy Pvt. Ltd. अन्तर्गत, NAIMA Mobility Expo 2026 मा ५०० भन्दा बढी Booking हासिल गर्न सफल भएको छ। छ दिनसम्म सञ्चालन भएको उक्त Expo मा Ather का नयाँ electric scooter, अत्याधुनिक technology र बलियो ownership ecosystem प्रति नेपाली ग्राहकको उत्साहजनक प्रतिक्रिया देखिएको हो।

यसपटकको उपलब्धि आकर्षक promotional scheme का कारण हासिल भएको नभई विश्वास, battery assurance, service accessibility, charging infrastructure र practical technology मा Ather Nepal ले गरेको निरन्तर लगानीको परिणामका रूपमा आएको छ।

Purchase पछि पनि कायम रहने Ather Assurance

Electric scooter खरिद गर्ने ग्राहकका लागि product बाहेक battery, service र charging को सुविधा महत्वपूर्ण विषय बन्दै गएको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै Ather Nepal ले नेपालमा Ather Assurance लाई निरन्तर बलियो बनाउँदै आएको छ।

Eight70 Warranty अन्तर्गत Ather ले battery मा ८ वर्ष वा ८०,००० किलोमिटरसम्मको warranty प्रदान गर्दै आएको छ, जसमा लागू हुने Terms & Conditions अनुसार battery health कम्तीमा ७०% कायम रहने assurance समेत समावेश छ। यसले electric vehicle खरिद गर्दा ग्राहकमा रहने long-term battery reliability सम्बन्धी चिन्तालाई सम्बोधन गर्न मद्दत गरेको छ।

त्यसैगरी, नेपालभर १० भन्दा बढी Authorized Service Centers र ५० भन्दा बढी Fast Charging Grid विस्तार भइसकेको छ। यसले Ather को ownership experience showroom वा scooter खरिद गर्ने क्षणमा मात्र सीमित नभई, दैनिक प्रयोग र long-term ownership सम्म जोडिएको देखाउँछ।

NAIMA मा आएको ग्राहकको प्रतिक्रियाले पनि एउटा महत्वपूर्ण परिवर्तन देखाएको छ—ग्राहकले अब केवल scooter किन्न खोजिरहेका छैनन्, उनीहरू scooterसँगै आउने सम्पूर्ण ecosystem र assurance लाई पनि उत्तिकै महत्व दिन थालेका छन्।

नयाँ Overtone Series ले बढायो Technology प्रति आकर्षण

NAIMA Mobility Expo 2026 मा सार्वजनिक गरिएको Ather 450 Overtone Series ले पनि ग्राहकको विशेष ध्यान आकर्षित गरेको थियो।

Ather को नयाँ technology-led riding experience लाई ग्राहकले प्रत्यक्ष अनुभव गर्ने अवसर पाए। विशेषगरी निम्न features प्रति आगन्तुकहरूको उत्साह देखिएको थियो:
• Magic Twist – throttle को intuitive twist मार्फत regenerative braking लाई सहज रूपमा नियन्त्रण गर्ने सुविधा।
• Infinite Cruise – लामो दूरीमा riding लाई अझ effortless र intuitive बनाउन डिजाइन गरिएको सुविधा।
• Voice on Ather – voice-based interaction र connected technology मार्फत scooter सँग अझ प्राकृतिक रूपमा interact गर्न सकिने सुविधा।

यी features ले Ather लाई केवल एउटा electric scooter का रूपमा नभई technology-led mobility platform का रूपमा अनुभव गर्ने अवसर प्रदान गरेको थियो।

नयाँ Overtone Series सँगै Ather 450 Series र Rizta family ले पनि ग्राहकलाई performance, comfort र everyday urban mobility का विभिन्न आवश्यकता अनुसार विकल्प उपलब्ध गराएको थियो।

Booking भन्दा ठूलो उपलब्धि

NAIMA Mobility Expo मा प्राप्त ५०० भन्दा बढी Booking Ather Nepal का लागि केवल एउटा sales milestone मात्र होइन। यो नेपालमा electric mobility प्रति बढ्दै गएको विश्वास र Ather ले निर्माण गरिरहेको ownership ecosystem प्रति ग्राहकको भरोसाको संकेत पनि हो।

Ather Nepal ले भन्यो, “NAIMA मा ग्राहकबाट प्राप्त प्रतिक्रिया हाम्रो लागि निकै उत्साहजनक छ। ग्राहकहरू short-term offer मात्र हेरेर निर्णय गर्ने अवस्थामा छैनन्। उनीहरूलाई product मा विश्वास, battery मा assurance, service र charging मा accessibility तथा आफ्नो riding experience लाई वास्तविक रूपमा सहज बनाउने technology चाहिएको छ। ५०० भन्दा बढी Booking ले यही विश्वासलाई प्रतिबिम्बित गरेको छ।”