• २०८३ कार्तिक १९
  • 2026 November 05, Thursday

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले पदका लागि परेका आवेदनको मूल्यांकन गरी तीन जनाको नाम सिफारिस गरेको मन्त्रालयले जनाएको छ।

सिफारिस हुनेमा गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठ रहेका छन्।

कार्यकारी निर्देशक पदका लागि ९ जनाले आवेदन दिएका थिए। समितिले आवेदनको मूल्यांकन तथा छनोट प्रक्रिया पार गरे तीमध्ये तीन जनालाई अन्तिम सिफारिसमा समेटेको हो।

अब मन्त्रिपरिषदले सिफारिस गरिएका तीनमध्ये एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने छ।