काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक सहयोग र ऋणको दायरा घट्दै गएकोले चुनौती बढिरहेको बताएका छन् ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले वैदेशिक ऋण सहयोगको ब्याजदर बढ्दै गएको र अनुदानको दायरा सिमित हुदै गएकोले ठूला पूर्वाधारमा लगानी हुँदै आएको रकमको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका हुन् ।
नेपाललाई ठूलो ऋण सहयोग दिने एशियन डेभलपमेन्ट बैंक र विश्व बैंकहरुको ब्याजदर बढ्ने चरणमा रहेकाले आगामी दिनमा चुनौती बढ्ने बताउदै अर्थमन्त्री वाग्लेले अबका दिनमा संस्थागत लगानी भित्र्याउने बाहेक अन्य विकल्प कम हुँदै गएको बताएका हुन् ।
उनले नेपालमा आइएनजिओ र एनजीयोमा आउने रकम समेत कम हुँदै गएको र त्यसको समग्र प्रभाव पनि कम रहेको बताए ।
सरकारले वैकल्पिक रुपमा लगानीका स्रोत जुटाउन विदेशमा रहेका नेपालीहरुले बन्डलगायतका विषय बजेट मार्फत् नै ल्याइएको र अन्य कानुनी बाधा पनि फुकाउँदै लगिने अर्थमन्त्री डा. वाग्लेले धारणा राखेका थिए ।