• २०८३ भदौ ५
  • 2026 August 21, Friday

विदेशमा रहेका नेपालीले नेपाली दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नसक्ने

काठमाडौं । विदेशमा रहेका नेपालीले अबदेखि नेपाली दूतावासबाट नेपाल सरकारले जारी गरेको सवारी चालक लाइसेन्स प्रमाणीकरण गर्नसक्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सूचना जारी गर्दै विदेशमा रहेका नेपाली नागरिकहरूले नेपाल सरकारबाट जारी भएको सवारी चालक अनुमतिपत्रको प्रमाणीकरण सेवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट लिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारी दिएको हो ।

विभागले भनेको छ- ‘विदेशमा रहेका नेपाली नागरिकहरूले नेपाल सरकारबाट जारी भएको सवारी चालक अनुमतिपत्रको प्रमाणीकरण सेवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट लिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।’