काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६१६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६१६ जनाको शव फेला परेको हो । जसमा रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ ।
यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २७ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । सम्पर्कविहीन मध्ये एक जनाको शव फेला परेको छ ।
त्यस्तै अहिलेसम्म २३०१ जना घाइते तथा अन्यको उद्धार गरिएको छ । जसमा रसुवाबाट ६७६ जना, नुवाकोटबाट १६२२ जना र धादिङबाट ३ जना रहेका छन् । त्यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरुको संख्या १४० पुगेको छ ।