• २०८३ भदौ १५
  • 2026 August 31, Monday

त्रिशूली–३ ‘बी’ मा नेपाली सेनासहितको प्राविधिक टोली परिचालित

काठमाडौं । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ । उर्जा मन्त्रालयले आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको जनाएको हो ।

मन्त्रालयका अनुसार टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धार कार्यलाई सुरक्षित रूपमा अघि बढाइरहेको छ । यसका साथै, उद्धार कार्यमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वयसमेत भइरहेको छ ।

प्रतिकूल मौसम तथा चूनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।