काठमाडौँ । नेपालको व्यावसायिक घराना ज्योति समूहले बाढीपीडतलाई राहत तथा पुन:स्थापना कार्यका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ ।
समूहका अध्यक्ष पद्म ज्योतिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
विपत्तिपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारी तथा विभिन्न सरोकारवाला निकायहरुले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै समूहले प्रभावित समुदायको सामान्य जीवन पुनर्स्थापनाका लागि सामूहिक प्रयासको महत्वमा जोड दिएको छ ।
भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, पूर्वी नवलपुर र पश्चिम नवलपुर जिल्ला प्रभावित भएका छन् ।
प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ ।