• २०८३ भदौ १५
  • 2026 August 31, Monday

हिमालयन बैंकको अध्यक्षमा पूर्वमूख्य सचिव अर्याल नियुक्त

काठमाडौँ। हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्वमूख्य सचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन् ।

आइतबार बसेको बैंकको सञ्चालक समितिले अर्याललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी बैंककै सञ्चालक समिति सदस्यका रुपमा कार्यरत थिए ।

बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो ।