• २०८३ भदौ १५
  • 2026 August 31, Monday

बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा

काठमाडौँ । डिसहोमले विपद् प्रभावित क्षेत्रमा डिसहोम इन्टरनेटका ग्राहकहरूलाई प्रभावित अवधिका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ।

प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका रहने भएकाले प्रभावित ग्राहकहरूलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने भएको हो।

डिसहोम इन्टरनेटको पहुँच पुगेका त्रिशूली, त्रिशूली बजार, गल्छी, आदमघाट, मलेखु क्षेत्रहरूमा थप निःशुल्क सेवा उपलब्ध हुने छ।

डिसहोमले विपद्को यस कठिन परिस्थितिमा आफ्ना ग्राहक तथा प्रभावित समुदायसँगै उभिँदै सेवा निरन्तरता, सूचना पहुँच र आवश्यक सञ्चारमा सहजता प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ।

कम्पनीले प्रभावित ग्राहकहरूलाई यस विषम परिस्थितिमा धैर्यधारण गर्न आग्रह गर्दै सेवा तथा प्राविधिक सहयोगका लागि सम्बन्धित सेवा केन्द्र तथा आधिकारिक ग्राहक सेवा माध्यम मार्फत सम्पर्क राख्न समेत अनुरोध समेत गरेको छ।