काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढी रसुवा, नुवाकोट र धादिङको मात्रै नभई सिंगो नेपालको छातीमा परेको बज्रपात भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति कुनै एउटा जिल्लाको मात्रै नभई सिंगो देशकै पीडा भएको बताएका हुन् ।
सम्बोधनमा प्रधानमन्त्री शाहले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउँदै भने- ‘मन भक्कानिए पनि एक आपसमा बिलौना गर्ने अवस्था छैन ।’
उनले देशको नेतृत्वले आँसु होइन,जनतालाई आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरेको उनले बताए । उनले भने- ‘यसैले दृढ संकल्पका साथ यो विपत्तिसँग लड्नुको अर्को विकल्प हामीसँग छैन । हामी लडिरहेका छौँ ।’