काठमाडौँ । बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उद्धार गरेको हो । उनलाई उद्धार गरेर नुवाकोटको त्रिसुलीस्थित मैथिल ब्यारेकमा ल्याइएको छ । उनलाई भोटेकोशी बाढीपछि ११औं दिनमा उद्धार गरिएको हो ।