• २०८३ भदौ २१
  • 2026 September 06, Sunday

भोटेकोशी बाढी अपडेट: अहिलेसम्म भेटियो १३४१ जनाको शव

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३४१ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३४१ जनाको शव फेला परेको हो । जसमा रसुवामा १६३, नुवाकोटमा १९५, धादिङमा ६७, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२० जनाको शव फेला परेको छ ।

अहिलेसम्म ९९ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार ९९६ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका १९६७, नुवाकोटका २३४० र विदेशी नागरिक ५८९ रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै, करिब १०० जना सुरक्षाकर्मी र कर्मचारी अझै सम्पर्कविहिन रहेका छन् ।