• २०८३ भदौ २२
  • 2026 September 07, Monday

चिलिमेमा जारी उद्धारबारे सागर ढकालले के भने ?

काठमाडौँ । चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार कार्यबारे रास्वपा सांसद सागर ढकालले छिट्टै थप ६ जनाको उद्धार गर्न सकिने बताएका छन् ।

उनका अनुसार आज तीन ‘ए’ सुरुङमा आवश्यक सामग्री पुर्‍याएर पहिलो चरणको विस्फोट गराइएको छ । त्रिशुली ३ ‘ए’ सुरुङ उकालो रहेकाले लेदो तथा माटो निकाल्न पानीको फोहोरा प्रयोग गर्ने उपाय अपनाइएको थियो तर चिलिमेको सुरुङ भने ओरालो रहेकाले लेदो माटो निकाल्न नयाँ उपाय आवश्यक परेको उनले बताएका छन् । त्यसका लागि आवश्यक मेसिन आज दिउँसो तयार गरिएको र राति विदुर पुर्‍याएर भोलि बिहानै चिलिमे लैजाने तयारी रहेको उनले जानकारी दिएका छन् ।

भोलिबाट उद्धारको काम तीव्र गतिमा अघि बढेमा भोलि साँझ वा पर्सी बिहानसम्म सुरुङभित्र प्रवेश गर्न सकिने उनको अनुमान उनको छ । ‘सुरुङको काम हो, भनेजस्तो ठ्याक्कै नहुन पनि सक्छ तर हामी धेरै आशावादी छौँ,’ ढकालले भनेका छन् ।