काठमाडौं । भदौ १० गते बुधवार रसुवाकोे भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण सिर्जित प्राकृतिक विपत्ति बाट प्रभावितहरुको सहयोगका लागि काठमाडौं, सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १७ हजार ५ सय जम्मा गरेको छ ।
संस्थाको तर्फबाट पाँच लाख तथा बाँकी रकम संस्थाका संचालकको तर्फबाट जम्मा गरिएको संस्थाले जनाएको छ । सहकारीले बाढीमा परि ज्यान गुमाउने सम्पूर्णमा श्रद्धान्जलि तथा आफन्तजनमा समवेदना प्रकट गरेको छ ।
साथै, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्यमा खटिनुभएका सबैलाई धन्यवाद व्यक्त गरेको छ ।