काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसंग छलफल सुरु गरेका छन्।
मन्त्री वाग्लेलेको सचिवालयले जनाए अर्थ मन्त्रालयमा जारी बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको उपस्थिति छ।
बैठकमा रसुवा बाढी विपद्पछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्यांकनका विषयमा सरोकारवालाहरूबीच विस्तृत समीक्षा हुने बताइएको छ।
भोटेकोशीमा आएको बाढीले झन्डै ४ खर्बको क्षति गरेको प्रारम्भिक मूल्यांकन छ । क्षतिपछिको पुन:निर्माणमा ठूलो स्रोत आवश्यक पर्ने भएकाले मन्त्री वाग्लेले सरोकारवालाहरुसँग चरणबद्ध छलफल गर्दै आएका छन्।