• २०८३ भदौ २४
  • 2026 September 09, Wednesday

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार गोदावरी ललितपुरस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा जानकारी लिनका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।