• २०८३ भदौ २६
  • 2026 September 11, Friday

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ६ प्रतिशत (कर सहित) जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् वितरण गर्ने जनाएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ्ग सेवा, १९३ एटिएम मार्फत १८ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।