• २०८३ भदौ २७
  • 2026 September 12, Saturday

चिलिमे सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, सुरुङ प्रवेशमार्ग खुल्यो

काठमाडौँ । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ । नेपाली र भारतीय प्राविधिक टोलीको संयुक्त प्रयासमा शुक्रबार साँझ सुरुङको प्रवेशद्वारसम्म पुग्ने बाटो निर्माण सम्पन्न भएको हो ।

बाटो खुलेसँगै उत्खननकर्ता र भारवाहक उपकरण परिचालन गरी सुरुङभित्र जमेको लेदो तथा माटो हटाउने काम सुरु गरिएको छ । उद्धार कार्यलाई तीव्रता दिन दुवै उपकरण रातभर सञ्चालन गरिने जनाइएको छ ।

भारी उपकरणको प्रयोगबाट सुरुङ सफा गर्ने काम तीव्र हुने र त्यससँगै खोज तथा उद्धार कार्यलाई समेत गति मिल्ने अपेक्षा गरिएको छ ।