काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने सर्वदलीय बैठक बोलाएका छन्।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी लामिछानेले बैठक आव्हान गरेका हुन् ।
बैठकमा विभिन्न दलका शीर्ष नेतृत्वको सहभागिता रहने रास्वपाले जनाएको छ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाइने बताइएको छ। सोही सन्दर्भमा विपद् व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा समेत दलहरूबीच छलफल हुने बताइएको छ।