• २०८३ भदौ ३१
  • 2026 September 16, Wednesday

मुगुमा दुई भूकम्प

काठमाडौं । गएराति  मुगुमा लगातार दुई भूकम्पको झट्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रविन्दु भएर राति १ : ५१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुन: ४ : २८ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।