• २०८३ भदौ ३१
  • 2026 September 16, Wednesday

सर्वोच्चको मुद्दा फाँटमा आगलागी

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा फेरी आगलागी भएको छ ।

बुधबार बिहान आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

आगलागी विद्युत् शर्ट भएर भएको बताइएको छ । आगलागीबाट कागजातसहित फाँटमा रहेका फर्निचर पनि जलेका छन् । सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेका २० र २१ नम्बर फाँटमा आगलागी भएको हो ।

यसअघि सर्वोच्चमा दुई साताअघि पनि अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी हुदा महत्वपूर्ण कागजपत्र जलेका थिए, जसको अनुसन्धान जारी रहेकै बेला फेरी आगलागी भएको छ ।