काठमाडौँ । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन व्यक्तिको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ शव फेला पारेर निकालिएको छ।
नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा सुरुङभित्रको जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा ती शव फेला पारेको हो ।
शवहरू शनिबार उद्धार गरी बाहिर निकालिएको र सम्पर्कविहीन अन्य व्यक्तिको खोजी कार्य भने जारी रहेको सेनाले जानकारी दिएको छ ।