• २०८३ असोज ४
  • 2026 September 20, Sunday

अध्यक्ष ओलीको राजीनामा नमाग्ने सहमति भयो : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको बताएका छन् ।

एमालेको कार्यदलको बैठकपछि जानकारी दिँदै अध्यक्षको आलोचना नगर्ने, राजीनामा नमाग्ने र त्यस बारेमा कहिँ नबोल्ने लगायतका विषयमा सहमति भएको बताएका छन् ।

उनले नेतृत्वको परिवर्तन नियमित महाधिवेशनबाट नै हुने बताउँदै राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बोलाउनेसहितका विषय समेटेर प्रतिवेदन पारित गरेको जानकारी दिए ।

कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ को मस्यौदा र सदस्य सचिव शंकर पोखरेलको मस्यौदा बैठकमा राखिएको र दुवैको प्रतिवेदनलाई साझा प्रतिवेदन बनाएर ३ जना नेताले तयार पार्ने उनले जानकारी दिए ।