सुर्खेत । Ather Nepal ले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्कलाई थप विस्तार गर्दै सोमबार सुर्खेतको वीरेन्द्रनगर–१२ एयरपोर्ट चाेकमा आफ्नो १६औँ Experience Center सञ्चालनमा ल्याएको छ। नयाँ Experience Center मार्फत सुर्खेत तथा समग्र कर्णाली क्षेत्रका ग्राहकहरूलाई Ather का विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि तथा ग्राहक–केन्द्रित ownership experience अझ सहज रूपमा उपलब्ध हुनेछ।
नयाँ Experience Center मा ग्राहकहरूले Ather का नवीनतम विद्युतीय स्कुटरहरू, विशेषगरी Ather 450 series र Ather Rizta series बारे जानकारी लिनुका साथै product demonstration तथा test ride मार्फत प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
Ather 450 series performance, advanced technology र दैनिक प्रयोगको व्यावहारिकतालाई संयोजन गर्दै उत्कृष्ट riding experience प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको छ। Ather 450 का नवीनतम मोडलहरूमा riding experience लाई अझ सहज, र enjoyable बनाउन Magic Twist, Infinite Cruise र Voice Interactions जस्ता advanced features समावेश गरिएका छन्।
Magic Twist ले accelerator grip को twist मार्फत scooter को deceleration नियन्त्रण गर्न सहयोग गर्छ, जसले बारम्बार brake प्रयोग गर्नुपर्ने आवश्यकतालाई कम गर्छ। Infinite Cruise ले लामो दूरीको यात्रामा निर्धारित speed कायम राख्न सहयोग गर्दै riding लाई थप सहज बनाउँछ। त्यस्तै, Voice Interactions मार्फत supported functions का लागि voice commands प्रयोग गरी scooter सँग सहज रूपमा interaction गर्न सकिन्छ।
त्यसैगरी, Ather Rizta आधुनिक पारिवारिक मोबिलिटीलाई ध्यानमा राखेर डिजाइन गरिएको विद्युतीय स्कुटर हो। लामो seat, थप comfort र दैनिक पारिवारिक प्रयोगका लागि आवश्यक practicality का साथ Ather Rizta ले परिवारका विभिन्न आवश्यकतालाई ध्यानमा राख्दै सहज र आरामदायी riding experience प्रदान गर्दछ।
विद्युतीय मोबिलिटी प्रमुख शहरहरूभन्दा बाहिरका क्षेत्रमा समेत विस्तार हुँदै जाँदा Ather Nepal ले ग्राहकहरूको ownership experience लाई थप सहज र विश्वसनीय बनाउन आफ्नो service तथा charging ecosystem लाई पनि निरन्तर विस्तार गर्दै आएको छ।
Ather’s Eight70 Battery Warranty अन्तर्गत applicable warranty terms अनुसार battery मा ८ वर्ष वा ८०,००० किलोमिटर, जुन पहिले आउँछ, त्यति अवधिसम्मको warranty coverage उपलब्ध छ। साथै, battery health ७०% भन्दा तल पुगेको अवस्थामा applicable warranty terms अनुसार battery replacement coverage समेत उपलब्ध हुन्छ।
Ather Nepal ले देशभर आफ्नो service तथा charging ecosystem लाई पनि विस्तार गर्दै आएको छ। हाल 10+ authorized service centers र 50+ fast charging points देशभर उपलब्ध छन्, जसले ग्राहकहरूलाई यात्राका क्रममा charging availability तथा range सम्बन्धी चिन्ता कम गर्दै अझ बढी confidence का साथ यात्रा गर्न सहयोग गर्दछ।
सुर्खेतमा Experience Center को विस्तार केवल Ather का विद्युतीय स्कुटरहरूलाई ग्राहकको नजिक पुर्याउने प्रयास मात्र नभई कर्णाली क्षेत्रमा थप accessible, reliable र customer-focused electric mobility ecosystem निर्माण गर्ने दिशामा पनि महत्वपूर्ण कदम हो।
सुर्खेतमा नयाँ Experience Center सञ्चालनको अवसरमा Ather Nepal ले असोज ११, २०८३ सम्मका लागि सीमित अवधिको विशेष Opening Scheme ल्याएको छ। उक्त अवधिमा Ather खरिद गर्ने ग्राहकहरूले निम्नमध्ये आफ्नो आवश्यकता अनुसार scheme छनोट गर्न सक्नेछन्:
• Cash Purchase: Eight70 Battery Warranty
• Financing: 0% Interest Financing
• Exchange: Exchange मा थप NPR 8,000 को Additional Valuation
उक्त scheme सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ तथा लागू हुने terms and conditions अनुसार हुनेछ।