अष्ट्रेलिया । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशनबाट नवनिर्वाचित नेतृत्वको घोषणा गरिएको छ। अधिवेशनअन्तर्गत निर्वाचन समितिले तोकेको समयावधिभित्र कुनै पनि दाबी-विरोध प्राप्त नभएको र सर्वसम्मतिको प्रयास सफल भएसँगै दिलीप पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिबाट चयन भएको हो।
नवनिर्वाचित सभापति दिलीप पोखरेलले एक वक्तव्य जारी गर्दै आफूलाई सर्वसम्मत रूपमा सभापतिको जिम्मेवारी सुम्पिने सम्पूर्ण क्रियाशील सदस्य, जनसम्पर्क समितिका सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
सभापति पोखरेलले निरन्तरको संवाद, सहकार्य र सर्वसम्मतिको प्रयासले संगठनभित्र एकता, सहमति र सहकार्यको संस्कारलाई थप मजबुत बनाएको विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा पनि सामूहिक सहभागिताका साथ नेपाली जनसम्पर्क समिति अष्ट्रेलियालाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन सबै मिलेर काम गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
साथै, नेपाली कांग्रेसको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्य-मान्यताप्रति प्रतिबद्ध रहँदै जिम्मेवारीलाई इमानदारी र निष्ठापूर्वक निर्वाह गर्ने प्रण समेत गरेका छन्।
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि विधानबमोजिम ३ जना महासमिति सदस्य र ४ जना महाधिवेशन प्रतिनिधि केन्द्रीय समितिले निर्णय गरी पठाउने व्यवस्था रहेको जानकारी समेत गराइएको छ।
पाँचौँ अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीहरूमा सभापति दिलीप पोखरेल, उपसभापतिद्वय सुवास तामाङ र दयाराम पौडेल, महामन्त्री पुरन रोकाया तथा सह-महामन्त्रीद्वय भूपेन्द्र कँडेल र कर्मा लामा रहेका छन्।
त्यसैगरी, अष्ट्रेलियाका विभिन्न राज्य तथा क्षेत्रका संयोजकहरूमा न्यू साउथ वेल्स (सिड्नी) बाट राज गुरुङ (उपसंयोजक: केशव सिंह ठकुरी), साउथ अष्ट्रेलिया (एडिलेड) बाट निराजन खड्का, भिक्टोरिया (मेलबर्न) बाट प्रकाशकाजी थापा, अष्ट्रेलियन क्यापिटल टेरिटोरी (क्यानबेरा) बाट जनक पौडेल, क्विन्सल्याण्ड (ब्रिस्बेन) बाट आशिक खड्का, वेस्टर्न अष्ट्रेलिया (पर्थ) बाट निरज ढकाल, तास्मानियाबाट अर्जित मिश्र र डार्विनबाट बिबेक ढकाल निर्वाचित भएका छन्।
अधिवेशनले केन्द्रीय सदस्यहरूमा सन्दीप अधिकारी, अनिल त्वानाबासु, प्रकाश जैसी, गगन शाही, सोनाम तामाङ, सुशान्त तामाङ, सन्दीप जंग शाही ठकुरी, रिदम भट्टचन, दीपक (लेखनाथ) पोखरेल, बुद्ध बिष्ट, प्रज्वल केसी, मनोज श्रेष्ठ, दिर्घ घिसिङ, सुदीप अधिकारी, फुर्मान ठोकर, तेजमान घिसिङ, निशान कार्की र सुबास गुरुङलाई चयन गरेको छ।
यसैगरी, राज्य सदस्यहरूमा चन्द्र लाम्साल, प्रज्वल गिरी, नितेश जैसी, सञ्जीव कार्की, आशिष अधिकारी, सोमलाल थेकर, नवीन ढुंगाना, रोजन् श्रेष्ठ, सवियू गौतम, विशाल महरा र रोहित सुवेदि सर्वसम्मत निर्वाचित भएका छन्।
सम्पूर्ण निर्वाचन प्रक्रियालाई लोकतान्त्रिक र वैधानिक रूपमा सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिने पाँचौँ अधिवेशन निर्वाचन समितिका सभापति सुरेश रणसिंह गुरुङलगायत सम्पूर्ण निर्वाचन समितिलाई विशेष धन्यवाद ज्ञापन पनि गरिएको छ।