• २०८३ असोज ७
  • 2026 September 23, Wednesday

बीपी राजमार्गको काभ्रे खण्डमा रातिमा सवारी चलाउन रोक

काठमाडौं । सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

मनसुन प्रतिकार्य कमाण्ड पोस्ट काभ्रेपलाञ्चोकको असोज ७ गते धुलिखेलमा बसेको बैठकले असोज ८ गतेदेखि १२ गते बिहानसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

अन्य समयमा पनि राजमार्ग प्रयोग गर्दा सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग आवश्यक जानकारी लिएर मात्र सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ ।