काठमाडौं । खराब मौसम तथा अपर्याप्त भिजिबिलिटीका कारण विभिन्न हवाई उडान प्रभावित भएका छन् ।
निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो ।
काठमाडौंदेखि पोखरा, भरतपुर, सुर्खेत, पोखरा, लुक्ला, सिमरा र तुम्लिङटारमा विमानस्थलमा बिहानैदेखि उडान हुन सकेको छैन ।
उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ ।