• २०८३ असोज ९
  • 2026 September 25, Friday

टी-२० वरियतामा नेपालको दुई स्थान सुधार

काठमाडौं । नेपालको टी-२० वरियतामा दुई स्थानको सुधार आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) ले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपालको २ स्थानको सुधार आएको हो ।

नेपाल १६औं स्थानबाट १४औं स्थानमा उक्लिएको छ । नेपाल लामो समयदेखि १६औं स्थानमा यथावत रहेको थियो । नेपालले आजै एशियाली खेलकुद अन्तर्गत अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

टी–२० अन्तर्राष्ट्रियको शिर्ष स्थानमा भारत रहेको छ । अफगानिस्तान आज नेपालसँग हारेपछि एक स्थान तल झरेर १०औं स्थानमा ओर्लिएको छ भने श्रीलंका नवौं स्थानमा उक्लिएको छ ।